राप्रपा अध्‍यक्षमा लिङ्देन विजयी

NAWALPUR TIMES

राप्रपा अध्‍यक्षमा लिङ्देन विजयी
1638404739 rpp 1200x560 1

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् । अर्का प्रत्‍यासी कमल थापाले जम्मा एक हजार छ सय १७ मत ल्याए । चार सय १३ मत बदर भएको थियो । थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।

अध्यक्षका अर्का प्रत्यासी कमल थापाले हार स्वीकार गरेका छन् । प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु,’ कमल थापाले ट्वीटरमा लेखेका छन्, ‘नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाइ तथा शुभकामना।

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology