निर्वाचनसम्म ओलीको पार्टीलाई लाइट बालेर खोज्नुपर्ने बनाउँछौं : माधव नेपाल

NAWALPUR TIMES

निर्वाचनसम्म ओलीको पार्टीलाई लाइट बालेर खोज्नुपर्ने बनाउँछौं  : माधव नेपाल
madab 20211110155807

रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् । शनिबार अर्घाखाँचीमा कार्यकर्ता भेललाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेको गठबन्धन निर्वाचनसम्म रहने बताएका हुन् ।

अध्यक्ष नेपालले निर्वाचनमा नेकपा एमालेलाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत दुई÷दुई पटक संसद विघटन गरेपछि अहिले बहुमत ओलीको पार्टीको विपक्षमा रहेको नेपालको दावी छ ।

उनले भने, ‘आगामी निर्वाचनपछि केपी वलीको पार्टीलाई लाइट वालेर खोज्नुपर्ने अवस्था आउने छ, त्यो उदाहरण आज यहाँको उपस्थितिले पुष्टि गरेको छ यस्तै जनलहर आएको छ सबैतिर, जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन् ।’

नेपालले केही समयअघि सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको वताए ।

उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् । सुखी नेपाली, समृद्ध नेपाल वनाउने अभियानमा पार्टी लागेकाले सवै नेता कार्यकर्ताहरु यसमा हातेमालो गर्न नेपालले निर्देशन दिएका थिए ।पार्टी विस्तारै मजबुद हुँदै गएको दाबी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology