कांग्रेस प्रदेश अधिवेशन : आज मनोनयन, भोलि मतदान

NAWALPUR TIMES

कांग्रेस प्रदेश अधिवेशन : आज मनोनयन, भोलि मतदान
Congress Nepali Congress1632365932 1

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारकाे मनोनयन दर्ता हुँदैछ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ। आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए। तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ।

त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। मुलुक संघीयता गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology