अपांगता कोटाबाट महाधिवेशन प्रतिनिधि आउन वञ्चित, तत्काल व्यवस्था गर्न माग

NAWALPUR TIMES

अपांगता कोटाबाट महाधिवेशन प्रतिनिधि आउन वञ्चित, तत्काल व्यवस्था गर्न माग
Congress Nepali Congress1632365932 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा अपांगता कोटाबाट महाधिवेशन प्रतिनिधि आउन वञ्चित भएका छन् । १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशन सकिएपछि मात्र गर्ने निर्वाचन समितिको निर्णयपछि अपांगता भएका कोटाबाट प्रतिनिधि आउन वञ्चित भएका हुन् ।

अपांगता भएकाहरुको लोकतान्त्रिक समूह राष्ट्रिय लोकतान्त्रिक अपांग संघले हिजोमात्रै निर्वाचन समितिलाई तत्काल अपांगता भएकाहरुलाई महाविधेशन प्रतिनिधि आउने गरी व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको महाधिवेशनमा निर्वाचित एवं अपांगता हक हितका लागि लड्दै आएका संचारकर्मीसमेत रहेका माधवप्रसाद चम्लागाईले जानकारी दिए ।

उनले भने, ‘महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने निर्णय भएसँगै १६ जिल्लाबाट महाधिवेशन प्रतिनिधि आउन वञ्चित भएका छन् । यसको तत्काल व्यवस्था गरियोस् ।’

उनले आफूहरुको ध्यानाकर्षण भएको निर्वाचन समितिले जानकारी दिएको समेत बताए । यसरी अवसर नपाउने हो भने केन्द्रमा महाधिवेशन कोटा गुम्ने खतरा रहेकोसमेत बताए ।

यसैबीच अपांगता भएकाहरुले वैधानिक रुपमा महाधिवेशन प्रतिनिधि छान्नसमेत माग गरेका छन् । पछिल्लो समय हालै मात्र हात खुट्टा भाँचिएका वा त्यस्तै अपांगता भएको भन्दै उक्त कोटाबाट आकांक्षी बढेसँगै वैधानिक रुपमा आउन आग्रह गरेका हुन् ।

उनीहरुले यसो गरिँदा सच्चा अपांगता भएकाहरु छुट्ने खतरा भएकोसमेत गुनासो गरेका छन् ।

निर्वाचनमा समेत सरकारले जारी गरेको नयाँ परिचय पत्र भएकाले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गर्न समेत माग गरेका छन् । उक्त कार्ड नभएकाले पनि अहिले आएर अपांगता भएको भन्दै दाबी गर्न थालेपछि कार्ड भएकालाई मात्र उक्त व्यवस्था गर्न माग गरिएको हो ।

सरकारले दिएको कार्डलाई आधार बनाएर मात्र भाग लिन पाउनु पर्ने माग गरिएको चम्लागाईले बताए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology