कांग्रेस प्रदेश अधिवेशन सर्‍यो : अब १८ र १९ गते

NAWALPUR TIMES

कांग्रेस प्रदेश अधिवेशन सर्‍यो : अब १८ र १९ गते
Congress Nepali Congress1632365932 1

काठमाडौं। नेपाली कांग्रेसले प्रदेश संरचनाको नेतृत्व चयनका लागि तोकिएको प्रदेश अधिवेशन सारेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलपछि प्रदेश अधिवेशन दुई दिन सार्ने निर्णय भएको हो।

कांग्रेसले सातै प्रदेशमा १६ र १७ मंसिरका लागि प्रदेश तहको अधिवेशन तोकेको थियो । अब सो मिति सारेर १८ र १९ मंसिरका लागि पुर्याइएको हो । ‘अझै केही जिल्लामा अधिवेशन बाँकी छ, प्रदेश २ मा त सुरु नै भएको छैन, शीर्ष नेताहरुबीच भएको छलफल अनुसार प्रदेश अधिवेशन दुई दिन सार्ने निर्णय भएको छ।’ स्रोतले भन्यो।

पछिल्लो निर्णयअनुसार प्रदेश तहको अधिवेशनका लागि उम्मेदवारी दर्ता भने १७ मंसिरमा हुने छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology