एमालेमा सर्वसम्मत असम्भव, ओलीलाई रिझाउँदै नेताहरु

NAWALPUR TIMES

एमालेमा सर्वसम्मत असम्भव, ओलीलाई रिझाउँदै नेताहरु
260002326 476950027086997 5179100875224342372 n 560x280 1

काठमाडौं । दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्।

पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ।

महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्। आकांक्षी बढी भएपछि एमालेले निर्वाचनको तयारी पनि गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आकांक्षीको संख्या धेरै छ। आकांक्षीहरूले खुला उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ गरिरहेका छन्।

यही अवस्था देखेर निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउने काम पनि भइरहेको तामाङले बताए। अहिलेसम्म उम्मेदवार हुने सबैको नाम र फोटो राख्ने व्यवस्था गरिएको छ।

पदाधिकारीमा सर्वसम्मत हुन सक्ने नदेखेपछि प्रतिनिधिहरूको आकर्षण केन्द्रीय सदस्यतर्फ बढेको हो।

प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन भित्रभित्रै लबिङ तीव्र पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा निर्वाचन भए चिट वितरण हुने भनेपछि नेताहरूले उनको सूचीमा पर्न कसरत गरिरहेका छन्।

‘आकांक्षी धेरैजसो नेताले पार्टी अध्यक्ष र उहाँको समूहमा पर्न लबिङ गरिरहेका छन्’,एमालेका एक नेताले भने।

यो खबर आजको नागरिक दैनिकमा छ

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology