मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट

NAWALPUR TIMES

मुगुको गमगढीमा भीषण आगलागी, २१ घर जलेर नष्ट
1637026262103

कालीकाेट – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ ।

गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको विवरण आइसकेको छैन ।

तस्बिर  : हंस मल्ल

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology