माओवादी पहिलो दल बन्ने प्रचण्डको दावी

NAWALPUR TIMES

माओवादी पहिलो दल बन्ने प्रचण्डको दावी
IMG 0241

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।

उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओबादीले मात्रै बुझेको बताए । शान्त्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दावी गरे । उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।

अर्थ मन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्यवस्था गर्ने बताए ।  अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जर्नादन शर्मा र पूर्व शान्तिमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् । दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ । छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ सहित दुई वडाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरू नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology