ओलीले लाज पचायर न्यायाधीशहरुको राजीनामा मागे : माधव नेपाल

NAWALPUR TIMES

ओलीले लाज पचायर न्यायाधीशहरुको राजीनामा मागे : माधव नेपाल
1635857037838

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायाधीशहरूले राजीनामा दिन नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसद्लाई जोगाएको भन्दै सर्वोच्च्चका न्यायाधीशहरूले राजीनामा दिन नहुने बताएका हुन् ।

उनले ‘लाज पचाएर’ एमाले अध्यक्ष ओलीले न्यायाधीशको राजीनामा मागेको आरोपसमेत लगाए ।

उनले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अब जनता र देशका लागि काम गर्ने जिकिर गरे । उनले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताए । केपी ओलीको दम्भकै कारण केन्द्रदेखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरूसँग नजिकिएको आरोप लगाउँदै एमाले लुटेरा पार्टी भएको बताए ।-बाह्रखरी

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology