आजकाे माैसम : मुलुकका केही भागमा वर्षाको सम्भावना

NAWALPUR TIMES

आजकाे माैसम : मुलुकका केही भागमा वर्षाको सम्भावना
1635733336539

काठमाडौं। आज सोमबार मुलुकका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ।

देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology