एमालेले देशै भरका वडामा कार्तिक ६ गते अधिवेशन गर्ने

NAWALPUR TIMES

एमालेले देशै भरका वडामा कार्तिक ६ गते अधिवेशन गर्ने
UML 3

काठमाडौँ । नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकै दिन एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

वडा अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्ने बताइएको छ । त्यसलगत्तै कात्तिक ९ गते पालिका (स्थानीय तह)हरुमा पनि अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ । हाल मुलुकभर ७५३ स्थानीय तह रहेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology