मन्त्रालय बाँडफाँडमा सहमति, एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गरिने

NAWALPUR TIMES

मन्त्रालय बाँडफाँडमा सहमति, एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गरिने
615c13289e6d8 sirsha leader

काठमाडौं, असोज १९ गते । सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको छ ।

मङ्गलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । ‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ ।  यो हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने कुरा भएको छ,’ स्वकीय सचिव देउवाले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology