कावासोती । नेपाली कांग्रेस कावासोतीको सभापतिमा शालिकराम ढकाल विजयी भएका छन् । हिजो सम्पन्न १४ औं महाधिवेशन मार्फत आफ्ना प्रतिष्पर्धी अमृत श्रेष्ठलाई ८० मतले पछि पार्दै ढकाल सभापति पदमा विजयी भएका हुन् ।
कुल खसेको ३७१ मत मध्ये सभापति पदमा विजयी ढकालले २२३ मत प्राप्त गरे भने सभापति पदका प्रत्यासी श्रेष्ठले १४३ मतमा चित्त बुझाए । उपसभापति पदमा ढकाल प्यानबाट गोमाया खण्डलुक र धन बहादुर चौधरी –( डि.बी) क्रमश २६१, २३१मतका साथ विजयी भए ।
नगरसचिवमा पनि ढकाल प्यानलकै विनोद राना २५३ मतले झबिन्द्र काफ्ले –२०४ मतले निर्वाचित भए ।प्रत्यासीका रुपमा रहेका लेखनाथ दवाडीले –११७, हरि बंश सुबेदी–१०४ मत प्राप्त गरे ।
कावासोतीनगर कार्यसमितिको सहसचिवमा भोजराज भुर्तेल( किरण ) गोबिन्दमान श्रेष्ठ विजयी भएका छन उनीहरुले क्रमश –२०८, २१७ मत प्राप्त गरे । सभापति सहित कार्यसमितिमा सबै पदमा ढकाल प्यानलनै विजयी भएको छ । सभापतिमा विजयी भएका ढकाल महेन्द्रध्वज जिसी निकट मानिन्छन ।
प्रकाशित : २०७८ असोज १३ गते ९:१६
Facebook Comment