काँग्रेसबाट एक लाख १० हजार बढी क्षेत्रीय प्रतिनिधि चयन हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ ३० गते ८:२२
काँग्रेसबाट एक लाख १० हजार बढी क्षेत्रीय प्रतिनिधि चयन हुने

काठमाडौं । देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा  हुँदा  एक  लाख  १०  हजारभन्दा  बढी  क्षेत्रीय  प्रतिनिधि  चयन  हुने  भएका  छन्  ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।

केन्द्रीय  निर्वाचन  समितिका  सदस्य  अधिवक्ता  सीताराम  केसीले  वडाको  निर्वाचनबाट  पार्टीको  वडाध्यक्ष  र  क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय  महाधिवेशन  प्रतिनिधि  निर्वाचित  हुने  जानकारी  दिए ।

काँग्रेसको  विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने  छन्  ।

वडा  सभापतिले  पनि  क्षेत्रीय  प्रतिनिधिसरह  महाधिवेशन  प्रतिनिधिको  चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ । गोरखापत्रमा खबर छ ।

प्रकाशित : २०७८ भदौ ३० गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI