काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त अध्यादेशले एमाले विभाजन हुने भन्दै विभाजन रोक्न आह्वान गर्नुभएको छ ।
सोमबार मध्यरातमा वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले केही समय यता नेकपा एमाले र कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने योजनासहति गतिविधि हुँदै आएको र त्यसैको निरन्तरता स्वरुप सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमाले विभाजन रोक्न आह्वान गर्नुभएको हो ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ- ‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।
प्रकाशित : २०७८ भदौ १ गते ९:३५
Facebook Comment