अफगानिस्तानको दोस्रो ठूलो सहर कब्जा गरेको तालिबानको दाबी

NAWALPUR TIMES

अफगानिस्तानको दोस्रो ठूलो सहर कब्जा गरेको तालिबानको दाबी
119894780 kabul

विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ ।

कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ ।

यहीबीच आफ्ना कर्मचारीहरूलाई राजदूतावासबाट फिर्ता बोलाउन अमेरिकाले थप ३ हजार सेनालाई पुनः अफगानिस्तान पठाउने भएको छ । विशेष विमानबाट दूतावासका कर्मचारीहरूलाई उद्धार गर्न थप सेना पठाउन लागेको अमेरिकाले जनाएको छ ।

त्यस्तै बेलायतले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन ६ सय सैनिक पठाउने बताएको छ ।

अमेरिकाले आफ्नो २० वर्ष लामो अपरेसन समाप्त गर्दै सेना फिर्ता बोलाएसँगै तालिबानले अफगानिस्तानमा आफ्नो प्रभुत्व जमाउन सुरु गरेको छ । बिहीबार तालिबानले हेरात, घाजनी र क्वाला–इ–न सहरमा समेत कब्जा जमाएको छ ।

‘हामीले कान्दाहार सहर पूर्णरुपमा कब्जा गरेका छौँ,’ तालिबानका प्रवक्ताले बताएका छन् । तर, यसको पुष्टि भने हुन बाँकी रहेको छ । स्रोतका अनुसार दक्षिणी हेलमान्द प्रान्तको लश्कर गाह पनि विद्रोहीको कब्जामा पुगेको बताइएको छ । यसको पनि पुष्टि हुन बाँकी रहेको छ ।

तालिबानले अहिले उत्तरी अफगानिस्तानको अधिकांश क्षेत्रमा कब्जा जमाइसकेको छ । देशको एक तिहाइ भाग तालिबानको नियन्त्रणमा पुगिसकेको छ ।

बीबीसी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology