युवाहरुको टिम बनाएर सभापतिमा लडछु : महामन्त्री कोईराला

NAWALPUR TIMES

युवाहरुको टिम बनाएर सभापतिमा लडछु : महामन्त्री कोईराला
Shashanka koirala 1

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न महाधिवेशनमा युवा नेताहरुको साथ खोजेका छन् ।

सोमबार काठमाडौंमा युवा नेताहरुसँगको छलफलमा महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा उम्मेदवारी दिने जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेका हुन् ।

‘उहाँ(कोइराला) ले म सभापतिको उम्मेदवार हुँ, तपाईंहरुले सहयोग गर्नुपर्‍यो,’ कोइरालाको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘कांग्रेसलाई एकतावद्ध बनाउन मैले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’

उनले संस्थापनइतर समूहबाट आफू साझा उम्मेदवार बन्ने दावी गरेका थिए । ‘हाम्रो टीममा अरु पनि साथीहरु उम्मेदवार हुनुहुन्छ, तर म सबैलाई मिलाएर लैजान सक्छु, त्यसका लागि तपाई युवा साथीहरुको साथ चाहियो,’ महामन्त्री कोइरालाले भने ।

उनले महाधिवेशनमा युवाहरुलाई समेटेर आफूले टीम बनाउने पनि बताए । छलफलमा केन्द्रीय सदस्यहरु गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङ, सरिता प्रसाई, रत्ना शेरचन, किरण यादव, बद्री पाण्डे, कमला पन्त लगायत सहभागी थिए ।

युवा नेताहरुले महाधिवेशनमा संस्थापन इतर समूह एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेतृत्वका आकांक्षीहरुबीच सहमति खोज्न पनि महामन्त्री कोइरालालाई सुझाव दिएका थिए ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology