कावासोतीमा ग्रिनेट बम फेला

NAWALPUR TIMES

कावासोतीमा ग्रिनेट बम फेला
ginat bam

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १४ मा बेवारीसे अवस्थामा ग्रिनेट बम फेला परेको छ ।

कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाडी भित्र ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।

ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीका अनुसार ग्रिनेट कतीको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन ।  बम डिस्पोजलका लागी अहिले घटना स्थलमा नेपाली सेनाको टोली आउदै गरेको गिरीले बताए ।।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology