भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

NAWALPUR TIMES

भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा
1627025643992

काठमाडौं । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

एमालेका उपाध्यक्ष समेत रहेका डा.रावलले रावलले आज सभाामुखलाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको रावलको भनाइ छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीना दिएका थिए ।

पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका घोषणा गरेका रावलले पार्टी र जनताको आग्रह भन्दै आज राजिनामा फिर्ता लिएका हुन् ।

उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति ‘सरी’ भनेका छन् ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology