एमालेविरुद्ध अझै षडयन्त्र हुनसक्छ, अध्यादेश ल्याएर पार्टी फुटाउन सक्नछन् : ओली

NAWALPUR TIMES

एमालेविरुद्ध अझै षडयन्त्र हुनसक्छ, अध्यादेश ल्याएर पार्टी फुटाउन सक्नछन् : ओली
KP Sharma Oli1623857344

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अझै षडन्त्र हुन सक्ने बताएका छन्। संसद भवनमा  भएकाे एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याएर एमाले नै फुटाउन सक्ने भन्दै एमालेविरुद्ध षडयन्त्र हुने बताए।

उनले संसदको अधिवेशन छोटो समय बसेर टुंग्याउन सक्ने र त्यसपछि अध्यादेश ल्याएर पार्टी फुटाउन सक्ने बताएका हुन्। उनले काँग्रेस सभापति शेरबहादुर देउवा भएपछि एमालेमाथि दमन हुनेसमेत विश्लेषण सुनाए। उनले प्रदेश र स्थानीय तहमासमेत आफूहरुलाई दुःख दिन सक्ने र झुठको खेति गर्न सक्ने बताए।

उनले देउवा सरकारलाई एमालेको समर्थन नहुनेसमेत बताए। कसैले समर्थन गरे त्यो दलको समर्थन नभई व्यक्तिको हुनेसमेत बताए।

उनले असार २८ मा सर्वोच्चले अल्पमत भएकालाई सरकार बनाउन परमादेश दिएको भन्दै अदालतले संसदको कार्यक्षेत्रमा प्रवेश गरेकोसमेत आरोप लगाए। तर, पनि आफूहरु लोकतन्त्रवादी भएकाले अदालतको फैसला कार्यान्वयन गरिसकेको उनले बताए।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीले सर्वोच्चको संवैधानिक इजलास गठनबाटै षडन्त्र भएको टिप्पणीसमेत गरेका छन्। उनले न्यायापरिषद्ले गठन गर्नुपर्ने संवैधानिक इजलास रिट निवेदक र बारको दबाबमा गठन गरिएकोसमेत आरोप लगाए।

सर्वोच्चले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बसेको हो। साउन ३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology