फैसलालाई जीत र हारको विषयमा नलिन देउवाको आग्रह

NAWALPUR TIMES

फैसलालाई जीत र हारको विषयमा नलिन देउवाको आग्रह
deuba 20210501004949

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जीत र हारका रुपमा नलिन आग्रह गरेका छन्। सर्वोच्च अदालतको फैसलापछि सोमबार विज्ञप्ति निकाल्दै देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।

पूर्वप्रधानमन्त्री देउवाले यस निर्णयलाई व्यक्तिगत जीत हारको विषयका रुपमा नलिइ लोकतन्त्र,लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने आग्रह समेत गरेका छन्।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ,’ उनले भनेका छन्, ‘कसैले पनि यसलाई व्यक्तिगत र जीत हारको विषयका रुपमा नभइ लोकतन्त्र लोकतन्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु।’

उनले यस फैसलाले सबैलाई थप जिम्मेवार बनाएको समेत बताएका छन्। सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरेको भन्दै उनले स्वागत गरेका छन्। सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदनमाथि गरेको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन्।

यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्याकमा ल्याएको स्पष्ट पारेका छन्। उनले यसले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय बदर गर्दै शेरबहादुर देउवालाई दुईदिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology