कहाँ गए कांग्रेसका ५० हजार क्रियाशिल सदस्य

NAWALPUR TIMES

कहाँ गए कांग्रेसका ५० हजार क्रियाशिल सदस्य
deuwa

काठमाडौ । नेपाली कांग्रेसका ५० हजार कार्यकर्ताले क्रियाशिल सदस्यता नविकरण गरेका छैनन । पाँच वर्षअघि १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन्। आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि नेता रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ।

अघिल्लो पटक कांग्रेसले चार लाख ७० हजार जनालाई क्रियाशिल दिएको थियो। तर यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेका छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए। क्रियाशिल नविकरण नहुनुको कारण मृत्यु, विदेश गएको र बाँकी धेरैमा पार्टीप्रतिको आकर्षण नभएको हुन सक्ने अनुमान गरिएको छ।

यसपटक शत प्रतिशत क्रियाशिल सस्यता थप्ने तयारी गरेको कांग्रेसमा नयाँ सदस्यताका लागि भने आकर्षण देखिएको छ। पौडेलका अनुसार शतप्रतिशत भन्दा बढीले नयाँ सदस्यताका लागि आवेदन दिएका छन्। उनका अनुसार छानबिन समिति समक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले फर्म भरेका छन्। नयाँ क्रियाशिल वितरणमा भने कांग्रेसमा विवाद भएको छ। तल्ला कार्यसमितिले सिफारिस गरेको क्रियाशिल सदस्यतामा व्यापक मात्रमा उजुरी परेका छन्। ६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशिल वितरण सच्याउन माग गर्दै उजुरी दर्ता भएका छन्। समितिलाई असार २० गतेभित्र छानबिन सक्न भनिए पनि मसान्तसम्म लाग्ने भएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology