नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि अवरुद्ध

NAWALPUR TIMES

नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि अवरुद्ध
1625238763 gueyW

चितवन । पहिरोका कारण अहिले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द छ ।

भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार सोमबार राति ९ बजेसम्म सडक एकतर्फी सञ्चालनमा थियो । पहिरो गएपछि पूर्ण अवरुद्ध भएको हो । “पानी र पहिरो एक्कासि आयो, बाटो सबै ढाकिहाल्यो,” थापाले भने ।

बिहानबाट पहिरो पन्छाउने कार्य भइरहेको र अझै पाँच घण्टाजति लाग्ने उनको भनाइ छ । “पहिरो ठूलो छ, फेरि पहिरो खसेन भने करिब पाँच घण्टामा खुल्ला,” उनले भने ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology