आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

NAWALPUR TIMES

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका
Nirbachan aayog1613693929

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology