२,३२८ संक्रमित थपिए, थप १९ जनाको मृत्यु, तीन हजार ६६ निको

NAWALPUR TIMES

२,३२८ संक्रमित थपिए, थप १९ जनाको मृत्यु, तीन हजार ६६ निको
Corona Death1618223875

काठमाडौं । नेपालमा थप दुई हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १३३ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ३२८ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार ८३७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ५२७ र चार हजार २९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार १९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology