मनसुनी वायु सक्रिय : अझै केही दिन भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

NAWALPUR TIMES

मनसुनी वायु सक्रिय : अझै केही दिन भारी वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ। प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारि बर्षाको समेत सम्भावना रहेको छ।

आइतबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यता बाढी पूर्वानुमान महाशाखाले मुख्य तथा सहायक नदीको बहाव बढेको जनाएको छ। आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको, कोशी, नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ। यद्यपी सबै नदीको बहाव सतर्कता तहभन्दा रहेको छ । बिहान ९ बजे सप्तकोसी पानीको बहाब बढेर प्रति सेकेन्ड २२१४७५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology