बलात्कार प्रयासको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, आरोपी एक युवा पक्राउ

NAWALPUR TIMES

बलात्कार प्रयासको प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, आरोपी एक युवा पक्राउ
1624520244 Untitled

काठमाडौं– काठमाडौंको दक्षिणकालीमा केही दिनअघि मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ घर भइ हाल दक्षिणकाली नगरपालिका ७ बस्दै आएका २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई बुधबार काठमाडौं– २७, कमलाक्षीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले अभियुक्त तिमल्सिनासँग खाने र बासलगायत समस्या भएको  बताएपछि खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएको बयान दिएको प्रहरीले जनाएको छ।

अभियुक्तले जरबरजस्ती गर्नेक्रममा प्रतिकार गरेपछि घाँटी थिची सलले घाँटीमा बेरेर हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी प्रहरीले बताएको छ।

शव सन्तोषीको रहेको पुष्टि भएको २४ घण्टा नबित्दै  प्रहरीले हत्या आरोपीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology