नारायणीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह

NAWALPUR TIMES

नारायणीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह
Capture 2

लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले चेतावनी तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह नाघेको हो।

देवघाटमा नारायणीको बाढीको सतह ७.३ मिटरलाई चेतावनी तह मानिन्छ। पछिल्लो पटक गरिएको मापन अनुसार बाढीको सतह ७.५१ मिटर नाघेको छ। पानीको सतह बढ्दो रहेको विभागको बाढी पूर्वानुमान प्रभागले जनाएको छ।

त्यसैगरी, बढीगाडमा नारायणीको चेतावनी तह ३.५ मिटर रहेकोमा अहिले बाढीको सतहले ३.५६ मिटर नाघिसकेको छ। चितवनमा पछिल्लो एक घण्टा भन्दा बढी समयदेखि चेतावनी तहको रुपमा वर्षा भइरहेको छ। जिल्लाको विभिन्न स्थानमा भीषण वर्षा भइरहेकोले विपदबाट जोगिन विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकहरुले आफुसँग भएका खानेकुरा, औषधि र महत्वपुर्ण कागजात जस्ता अत्यावश्यक सामग्री स्थानान्तरण गर्न मिल्ने गरी तयारी अवस्थामा राख्न प्रशासनले भनेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology