महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न ओलीसँग नेपाल-खनाल समूहको माग

NAWALPUR TIMES

महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न ओलीसँग नेपाल-खनाल समूहको माग
1622904347722

काठमाडौं : नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहले उपप्रधानमन्त्री उपेन्द्र महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।

नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उपप्रधानमन्त्री महतोको संविधान विरोधी अभिव्यक्तिको विषयमा प्रष्ट पार्न प्रधानमन्त्री ओलीसँग माग गरेका हुन्।

नेपाल खनाल समूहले महतोको यो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित व्यवस्था विरोधी भएको दाबी गरेका छन्। संविधान विरोधी अभिव्यक्ति नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै प्रधानमन्त्रीलाई प्रष्ट पार्न उनीहरुले भनेका हुन्।

‘यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्तीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौँ।’

माधवकुमार नेपालले हस्ताक्षर गरेको विज्ञप्तिमा झलनाथ खनाल, युवराज ज्ञवाली,, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द्र न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहोरा र प्रमेश हमालको नाम समेटिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology