महामारीमा जनता बचाउनु पर्ने बेला जनताको अभिमतमाथि कुठाराघात : शशांक

NAWALPUR TIMES

महामारीमा जनता बचाउनु पर्ने बेला जनताको अभिमतमाथि कुठाराघात : शशांक
1621669681788

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको र महामारीमा जनता बचाउनु पर्ने बेला जनताको अभिमतमाथि कुठाराघात गरेकोमा आपत्ति जनाएका छन्।

कोइरालाको विज्ञप्तिमा भनिएकोछ, “प्रधानमन्त्री र मन्त्रिपरिषदको सिफारिसमा गैरसंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको विज्ञप्तिको विरोध गरी देशलाई अन्यौलतातर्फ जानुबाट बचाउन र संविधानको रक्षा गर्न सबैमा अपिल गर्दछु,’

महामारीका बेला मुलुकलाई गैरसंवैधानिक तवरबाट निर्वाचनमा धकेलेकोमा आपत्ति जनाउदै प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जनताको अभिमतमाथि कुठाराघात गरेकोसमेत उनले बताएका छन।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology