विघटनविरुद्ध संसद् ‌भवनमा सर्वदलीय बैठक, १४९ सांसदहरू नै सर्वोच्च जाने तयारी

NAWALPUR TIMES

विघटनविरुद्ध संसद् ‌भवनमा सर्वदलीय बैठक, १४९ सांसदहरू नै सर्वोच्च जाने तयारी
1621667681561

काठमाडौं : मध्यरातमा संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बस्दैछ।बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल हुनेछ। वैकल्पिक सरकारका लागि राष्ट्रपतिकहाँ निवेदन दिने १४९ सांसदहरू यो कदम खारेजीको माग गर्दै सर्वोच्च जानेबारेमा पनि बैठकले निर्णय गर्नेछ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन्

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई राजनीतिक, न्यायीक र नागरिस्तरबाट कसरी प्रतिवाद गर्ने भन्‍ने बारेमा छलफल हुनेछ। संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका दुवै दाबी खारेज गर्दै मध्यरातमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको थियो। विपक्षीहरूले राष्ट्रपति र प्रधानमन्‍त्रीले संविधानमाथि जालसाजी गरेको भन्दै यो कदमलाई प्रतिगमनको संज्ञा दिएका छन्। विघटन गर्ने कदमको नागरिकस्तरबाट पनि यसको चर्को निन्दा र विरोध भएको छ।

मध्यरातमा राष्ट्रपतिले दुवै दाबी खारेज गरेपछि रातारात मन्‍त्रिपरिषद्को आकस्मिक बैठक डाकेर संसद् विघटन र चुनावको मितिको सिफारिस गरिएको थियो। त्यसलाई राति नै राष्ट्रपतिबाट सदर गरिएको थियो।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology