माओवादी छोडेर एमाले बनेका सात जना मन्त्रीको नियुक्ति सर्वोच्चद्वारा बदर

NAWALPUR TIMES

माओवादी छोडेर एमाले बनेका सात जना मन्त्रीको नियुक्ति सर्वोच्चद्वारा बदर
1621503850112

सांसद नभएका ७ जना मन्त्री पदमुक्त भएका छन्। सर्वोच्च अदालतले बिहीबार उनीहरूको नियुक्ति बदर गर्ने आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले उनीहरूको नियुक्ति बदर गर्ने आदेश दिएको हो।

नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले)मा प्रवेश गरेका सात जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गरेका छन्। सातै जना अहिले सांसद छैनन्।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई पदमुक्त गर्न माग गर्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले छुट्टाछुट्टै रिट दायर गरेका थिए। मुद्दाको अन्तिम किनारा नलागेसम्म अब सात जना मन्त्रीको पद स्वतः रिक्त भएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology