दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह

NAWALPUR TIMES

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह
1620649730855

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गर्नुभएको छ ।

 

मदन–आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको हो । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या दासढुंगा घटनालाई झनै रहस्यमय बनाएको नेपालले बताउनु भएको छ ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन, घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु’ नेपालद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology