१८ हात्ती एकैठाउँ मृतावस्थामा फेला

NAWALPUR TIMES

१८ हात्ती एकैठाउँ मृतावस्थामा फेला
1620963187736

असम : भारतको असम राज्यस्थित एक जंगलमा एकैठाउँ १८ हात्ती मृतावस्थामा फेला परेका छन् । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार असमको नगावन जिल्लास्थित प्रस्तावित कुन्डोली आरक्षको पहाडमा बिहीबार हात्ती मृत फेला परेका हुन्। वन अधिकारीहरूले १४ वटा हात्ती एक ठाउँमा र ४ वटा अलि तल मृत भेटिएको बताएका छन्।

बुधबार राति परेको चट्याङका कारण यति ठूलो संख्यामा हात्ती मरेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी हात्ती मर्नुको एकिन कारण खुलिसकेको छैन। अधिकारीहरूले पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने बताएका छन्।

मृत हात्तीको शुक्रबार पोस्टमार्टम हुँदैछ। असमका मुख्यमन्त्री हिमान्ता विश्व शर्माले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै घटनाको छानबिन गरी आफूलाई प्रतिवेदन बुझाउन भनेका छन्। यसअघि सोही ठाउँमा केही समयअघि ५ वटा हात्ती एकैठाउँ मरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology