देशले आज नयाँ सरकार पाउँदै, को बन्छ प्रधानमन्त्री ?

NAWALPUR TIMES

देशले आज नयाँ सरकार पाउँदै, को बन्छ प्रधानमन्त्री ?
1620880727121

काठमाडौं। देशले विहीबार रातिसम्म नयाँ सरकार पाउने भएको छ। केपी ओलीको सरकारले संसदबाट सोमबार विश्वास गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दलहरुलाई गठबन्धन सरकार बनाउन दिएको तीन दिनको समय विहीबार राति ९ बजे सकिँदै छ।

दलहरु गठबन्धन सरकार बनाउन असफल भए पनि विहीबारै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदमा सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने भएकाले देशले विहीबारै नयाँ सरकार पाउने भएको हो।

विपक्षी दलहरुको गठबन्धनले काँग्रेस सभापति शेरबदुर देउवलाई प्रधानमन्त्री बनाउने कसर जारी राखेपछि विहीबार बिहानसम्म कुनै नतिजा निस्केको छैन्। बिहानसम्म विपक्षी गठबन्धनले बहुमत जुटाउन नसक्दा एमाले अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढ्दै गएको छ।

विपक्षी गठबन्धनलाई जनता समाजवादी पार्टीको एक समूह महन्थ ठाकुर समूहले साथ नदिने भएपछि अब एमालेकै अर्को समूह माधव नेपाल समूहले के गर्छ ? भन्ने चासो बढेको छ। सो समूहका केही नेताहरुले सांसद पदबाट राजीनामा दिएर विपक्षीलाई बहुमत पुर्याउन सहज वातावरण बनाउनुपर्ने बताएका छन् भने केही नेताहरु राजीनाको पक्षमा छैनन्। त्यसैले नयाँ प्रधानमन्त्री बारे विहीबार बिहान ९ बजेसम्म रहस्य नै छ।

उता जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने विकल्पमा पनि विपक्षी दलहरुबीच छलफल चलेको चर्चा छ। विहीबार दिनभर राजनीतिक भेटघाटले तिब्रता पाउने देखिएको छ। विहीबार बिहानैबाट नेताहरुबीच छलफल शुरु भइसकेको छ। माधवकुमार नेपाल र विष्णु पौडेलबीच पनि छलफल भएको छ।

यी सबै भेटघाटका बीच बहुमतको सरकार बनाउन सबैभन्दा अनुकुल वातावरण एमालेलाई भए पनि उसले भने सरकार बनाउने कुनै पहल गरेको छैन। किनकी विपक्षीहरुको बहुमत नपुगे ओली नै पुनः प्रधानमन्त्री बन्ने भएकाले एमालेले बहुमतीय सरकारका लागि पहल नगरेको विश्लेषण गरिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology