चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

NAWALPUR TIMES

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
1619946122288

एजेन्सी । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् ।अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो ।

नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ । फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।

सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आइएसएस० मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology