विनयी त्रिवेणीको सर्दीमा अस्थायी प्रहरी चौकीको स्थापना

NAWALPUR TIMES

विनयी त्रिवेणीको सर्दीमा अस्थायी प्रहरी चौकीको स्थापना
FB IMG 16190985521159336

कावासोती । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ को सर्दीमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

बिहिबार विनयी त्रिवेणी वडानं ४ को सर्दीमा आयोजित कार्यक्रममा अस्थायी प्रहरी चौकीको उदघाटन गरिएको हो ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी मनमाया  पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रजिअ पंगेनीले कार्यालयको बोर्ड अनावरण गरेर कार्यालयको उदघाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पंगेनीले नयाँ स्थापना गरिएको अस्थायी प्रहरी चौकी बाट आम सर्वसाधारणलाई सुरक्षाको प्रत्याभुती दिलाउन मदत पुग्ने बताउनु भएको थियो ।

नयाँ  स्थापना गरिएको अस्थायी प्रहरी चौकीमा तत्काल प्रहरी नायब निरीक्षकको नेतृत्वमा ९ जना प्रहरी रहने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रकाश मल्ल, विभिन्न वडाका वडा अध्यक्षहरु,राजनैतिक दलका प्रतिनिधि लगाएत सर्वसाधारणको उपस्तिथि रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology