अपरान्ह पछि देशको पश्चिमी भू-भागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ । देशको उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बुधबार देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।
बिहिबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।
प्रकाशित : २०७८ वैशाख ७ गते ७:१९
Facebook Comment