कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख

NAWALPUR TIMES

कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख
1618628300150

आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।

यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ ।  ओली सरकारले जनता समाजवादी पार्टी (जसपा) कै साथ पाएपनि माधव पक्षले फ्लोरक्रस गरिदियो भने सरकार जोगिन सम्भव हुने छैन। कर्णालीको घटनाले राजनीतिमा नयाँ खाले ध्रुवीकरणको रेखा कोरेको छ । आगामी घटनाक्रमहरु तीब्र गतिमा विकसित हुने संकेत मिलेको छ ।

नेपाली काँग्रेसले मात्र कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएर नपुग्ने अवस्था थियो । यसका निम्ति प्रधानमन्त्री ओलीले झापाको संसदीय निर्वाचन क्षेत्रसहित राजधानी काठमाडौँको महानगरीय निर्वाचनमा एमालेसँग तालमेल मिलाएको राप्रपालाई तटस्थ बस्ने निर्णयमा पुर्याए । जसले गर्दा शाहीको सरकार ढल्ने अवस्था देखा परिसकेको थियो ।

तर, यसैबीच अप्रत्यासित परिणाम आयो । खाइपाइ आएको माननीयको सुविधा छापामार शैलीले त्याग्न प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा तयार भएपछि शाहीका निम्ति अनुकूल परिस्थिति सृजना हुन पुगेको हो । यो समाचार जनआस्थासाप्ताहिक छ ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology