आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

NAWALPUR TIMES

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
mausam 1c3a5

मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

हालको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले अहिले देशका विभिन्न भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको जनाएको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडी भूभागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

यस्तै, आज राति  देशभर आंशिकदेखि सामान्य बदली  रहि पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology