आजको मौसम पूर्वानुमान

NAWALPUR TIMES

आजको मौसम पूर्वानुमान
1601101692 mausam sapha

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली  रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र  बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने छ।रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology