आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना

NAWALPUR TIMES

आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
1601101692 mausam sapha

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुका मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक/दुइ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology