प्रधानमन्त्रीले सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नु पर्छ : महामन्त्री कोइराला

NAWALPUR TIMES

प्रधानमन्त्रीले सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नु पर्छ : महामन्त्री कोइराला
received 271042887739471 scaled

कावासोती । नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरे पछि प्रधानमन्त्री केपि ओलीले नैतिकताको आधारमा राजिनामा दिएर सहज राजनीतिका वातावरणका लागि मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा कोइरालाले भने “सर्वोच्च अदालतले प्रतिनिधि सभाको बैठकको सन्चालन गर्न समय सिमा तोकि सकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक वातावरणका लागि मार्ग प्रशस्त गर्नु पर्छ ।”

नेपाली कांग्रेस यतिखेर सरकारमा जानु भन्दा बाहिरै बसेर नयाँ बन्ने सरकारलाई सहयोग गर्नु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको कोइरालाको भनाई थियो ।

यस अघि महामन्त्री कोइरालाले संसद पुन:स्थापना भए लगतै प्रेस विज्ञप्ति जारी गरेरसर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका थिए । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उनको भनाइ थियो ।

 

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology