मेरो श्रीमानहरुलाई आग्रह छ, भत्काईदिनुहोस प्रधानमन्त्रीको सेटिङ्ग : गगन थापा

NAWALPUR TIMES

मेरो श्रीमानहरुलाई आग्रह छ, भत्काईदिनुहोस प्रधानमन्त्रीको सेटिङ्ग : गगन थापा
1932894780received 135861145075631.

बर्दघाट । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले यदि प्रधानमन्त्रीले भने जस्तै सेटिङ्ग भएको भए त्यस्तो सेटिङ्ग भत्काईदिन सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आग्रह गरेका छ्न ।

शनिबार पश्चिम नवलपरासीमा नेपाल तरुण दल जिल्ला कार्यसमितिले बर्दघाटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने  “प्रधानमन्त्रीले अहिले पनि अदालतलाई सेटिङ्ग गरेको छु भन्ने ठान्नु भएको छ, मेरो श्रीमानहरुलाई आग्रह छ, विश्वास छ ,भत्काईदिनुहोस प्रधानमन्त्रीको सनक, प्रधानमन्त्रीको सेटिङ्ग !”

आमसभालाई सम्बोधन गर्दै नेता थापाले शासकहरुको सनकलाई विगतमा पटक पटक भत्काएर  लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई फेरि एक पटक सनकको शासनलाई भत्काउने अवसर आएको बताए ।

आमसभामा बोल्दै नेता थापाले संविधान विघटन गरेर प्रधानमन्त्री संसद बाट भागेको बताउदै प्रधानमन्त्री ओलिलाई संसद बाट भागेको भगौडा भएको आरोप समेत लगाए । थापाले प्रधानमन्त्री ओली संसदबाट भागेर संसदको ताला चाबी राष्ट्रपतिलाई लगेर बुझाएको बताउदै प्रधानमन्त्रीको सेटिङ्गको साझेदार राष्ट्रपति भण्डारी पनि भएको आरोप लगाए । विगतका ऐतिहासिक उपलब्धि र संविधानको रक्षा र स्थिरताको लागि संसद पुन:स्थापना हुनु पर्ने थापाको भनाई थियो ।

नेता थापाले अहिलेको संघर्षको विषय चुनावमा भाग लिने वा नलिने मात्रै नभएर विगत ६० वर्ष देखि जनताको बलले प्राप्त गरेको सबै ऐतिहासिक उपलब्धि र संविधानको रक्षा भएकोले नेपाली काङ्ग्रेस संविधान र प्राप्त उपलब्धिको रक्षाको पक्षमा रहेको बताएका थिए ।

नेपाल तरुण दल पश्चिम नवलपरासीले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आयोजना गरेको आमसभामा पुर्व गृहराज्य मन्त्री एवं काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल लगाएत काङ्ग्रेसका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology