ओली पक्षले युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

NAWALPUR TIMES

ओली पक्षले युवा संघको संयोजकबाट दीपशिखालाई हटायो
1612694590337

काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संगठन नेपालको अध्यक्षबाट रामप्रसाद सापकोटा ‘दीपशीखा’लाई हटाएको छ ।

संगठनको अनुशासनविपरीत काम गरेको र फुटपरस्त गतिविधि गरेको भन्दै संयोजकबाट हटाइएको केन्द्रीय सदस्य प्रभातविक्रम कटवालले जानकारी दिए । संयोजकमा रमेश पौडेललाई चयन गरिएको उनको भनाइ थियो ।

आजको बैठक पनि रमेश पौडेलकै अध्यक्षतामा बसेको उनले बताए । नेकपा विभाजन भएयता जनवर्गीय संगठनहरू पनि फुटेका छन् । एकले अर्को पक्षलाई कारबाहीको घोषणा गर्दै बैठक, भेलाहरू चलिरहेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology