आमहडतालको पूर्वसन्ध्यामा नेकपा दाहाल-नेपाल समुहको पुर्वी नवलपरासीमा मसाल जुलुस
NAWALPUR TIMES प्रकाशित : २०७७ माघ २१ गते २०:२१
received 1375607032774622
कावासोती । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले पुर्वी नवलपरासीमा पनि मसाल जुलुस निकालेका छन् ।
बुधबार साँझ जिल्लाको गैंडाकोट, १६ नं चोक, रजहर, दलदले, डण्डा, हुप्सेकोट, डेढ गाउँ र दुम्किबासमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।
प्रधानमन्त्री केपि ओलिले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा रहेको नेकपाको दाहाल-नेपाल समूहले सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
Facebook Comment