अख्तियार प्रमुख सहित ३२ जनाको शीतलनिवासमा शपथ ग्रहण

NAWALPUR TIMES

अख्तियार प्रमुख सहित  ३२ जनाको  शीतलनिवासमा  शपथ ग्रहण
1612420101897

संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा सपथ लिएका छन् । बुधबार राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित  आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट तथा सदस्यहरुले सम्बन्धित आयोगको प्रमुखबाट शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार कुल ३२ जनाले सपथ लिएका छन् । गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो ।

ढिलो सूचना पाएका कारण थारु आयोग, मधेसी आयोगका केही सदस्य शीतलनिवास पुग्न भ्याएनन् । मंगलबार बेलुका मात्र शपथको जानकारी गराइएको थियो । केहीले भने नियुक्ति अस्वीकार गरेको बताइएको छ । संसदीय सुनुवाई बिना नै नियुक्ति भएकाले विवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरी ११ आयोगमा नियुक्ति सिफारिस गरेका हुन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology