दुई नम्बरको अध्यक्ष बन्ने रहर गरेर माधव नेपाल प्रचण्डको पछि लागे : मुख्य मन्त्री गुरुङ

NAWALPUR TIMES

दुई नम्बरको अध्यक्ष बन्ने रहर गरेर माधव नेपाल प्रचण्डको पछि लागे  : मुख्य मन्त्री गुरुङ
received 262413345390169 scaled

नवलपुर । गण्डकी प्रदेशका मुख्य मन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले दुई नम्बरको अध्यक्ष बन्ने रहर गरेर माधव नेपाल प्रचण्डको पछि लागेको आरोप लगाएका छन ।

मंगलबार पुर्वी नवलपरासीको गैंडाकोटमा नेपाल कम्युनिस्ट पार्टी ओलि समुहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले दुई पार्टी एकीकरण भए पछि बसेको केन्द्रिय समितिको बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको बेला दुई महिना पनि कुर्न नसकी दुई नम्बर अध्यक्ष बन्ने रहरले प्रचण्डको पछि लागेर माधव नेपालले पार्टी फुटाएको आरोप लगाएक हुन ।

सरकारलाई काम गर्न नदिएर प्रचण्ड माधवले अप्ठ्यारो पारेको हुँदा अहिलेको अवस्था आएको बताउदै गुरुङले ताजा जनादेशको लागि जनतामा जानु परेको बताए । संसद विघटनको बचाउ गर्दै गुरुङले आउने निर्वाचन पनि आफुहरुलेनै जित्ने दाबी गर्दै निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छ्न

यसै बिच संसद विघटन पछि नेकपा गैंडाकोट नगर संयोजक र सचीव दाहाल नेपाल समुहमा लागे पछि मंगलबार सम्पन्न ओलि समुहको नगरस्तरिय भेलाले नवराज कंडेललाई नगर संयोजक विमल चापागाईलाई सहसयोजक र ख्याम नारायण लम्साललाई सचिवमा चयन गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology