२ सय ७५ जनाको हस्ताक्षरसहित प्रचण्ड-माधवको आधिकारिकता दाबी

NAWALPUR TIMES

२ सय ७५ जनाको हस्ताक्षरसहित प्रचण्ड-माधवको आधिकारिकता दाबी
1612254208639

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पुगेर आधिकारिकता दाबी गरेको छ।

४ सय ४१ जना केन्द्रीय सदस्य  मध्ये २ सय ७५ जनाको हस्ताक्षरसहित यो समूहले निर्वाचन आयोगमा निवेदन दिएकाे नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

आयोगमा छलफलपछि बहिरिने क्रममा नेता पोखरेलले आफ्नो पक्षमा दुई तिहाई बहुमत भएको कारणले आफ्नो आधिकारिकता भएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलको दाबी छ।  ‘हामीले हाम्रो पक्षमा आधिकारिकताको दाबीसहित पत्र बुझाएका छौँ। हाम्रो पक्षमा स्पष्ट बहुमत छ त्यसैले निर्वाचन आयोगको निर्णय हाम्रो पक्षमा आउँछ भन्नेमा ढुक्क छौँ ‘उनले भने।

निर्वाचन गराउन दलहरूको समास्याको निरुपण हुनुपर्ने र विवाद निरुपण नगरी निर्वाचन सम्भव नै नभएको पोखरेलले बताए।  निर्वाचन आयोगले विवाद निरुपणमा ढिलो गर्न नहुने उनकाे भनाइ छ।

यसअघि, हिजो बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो।​ पत्र बोकेर अध्यक्षद्वय पुष्पमकल दाहाल प्रचण्ड, माधव नेपाल,  झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु आयोग पुगेका थिए।

यसअघि, सोमबार बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो।-थाहा खबरबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology