कोरोना विरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको छ : मन्त्री त्रिपाठी

NAWALPUR TIMES

कावासोती । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपाल कोरोना विरुद्धको लडाइँको नयाँ चरणमा प्रवेश गरेको बताएका छन । पुर्वी नवलपरासीमा बुधबार देखि सुरु भएको खोप अभियानको निरीक्षण गर्न मध्यविन्दु जिल्ला अस्पताल आईपुगेका मन्त्री त्रिपाठीले भने “कोभिड १९ को संघर्षको विषयमा हामी नयाँ चरणमा प्रवेश गरेका छौं, यो खोपको चरण हो” ।

उचित समयमा सरकारको अथक प्रयासले पहिलो चरणका लागि भारत सरकारको अनुदानमा खोप भित्रिएको बताउदै मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान चल्दा चल्दै थप खोप पारदर्शी तरिकाले खरिदको प्रक्रिया अगाडि बढाईएको बताए ।

खोप लगाउने अभियान सुरु भए पनि मन्त्री त्रिपाठीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेका छ्न । कोरोना अझै पनि अनुसन्धानको चरणमा भएको र खोपले संक्रमण रोक्न केही काम गरेको भए पनि पुर्ण रुपमा सुरक्षित रहन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने बताए ।

नेपालमा ल्याईएको खोप अरु देशमा समेत प्रयोग भएको र गुणस्तरीय खोप भएको बताउदै मन्त्री त्रिपाठीले खोपको प्रयोगमा कुनै किसिमको आशंका नगर्न समेत आग्रह गरेका छ्न ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology